गोरखा, २ असोज २०७७ । कोरोनाबाट मृत्यु भएको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग गरेको छ । गोरखा अमेरिका सम्पर्क समितिकाका कोषाध्यक्ष केशरी भट्टराईको पहलमा आर्थिक रकम संकलन गरिएको हो ।
गोरखाको भिमसेन थापा गाउँपालिका-२ ओख्लेका पुरुषको कोरोना संक्रमणबाट मृत्युु भएको परिवारका लागि कोषाध्यक्ष केशरी भट्टराईको पहलमा आर्थिक रकम संकलन गरिएको हो ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति गोरखाका सभापति हरि घलेले संकलित रकम अक्षरुपी नब्बे हजार एक सय चौध रुपैयाँ सरिता सुनुवारलाई हस्तान्तरण गरिएको गोरखा कांग्रेस सचिव नन्द प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।









































