बाह्रबिसे, बुधबार, ३१ भाद्र २०७७ । हण्ड्रेडस ग्रुपका साथ सिमपानी टिम राहत वितरण गर्न सिन्धुपाल्चोक पुगेर राहत वितरण गरेको छ |

सिन्धुपाल्चोक जिल्लाको नागपूजे र भीरखर्कका पहिरो पिडितलाई राहत सामाग्री वितरण गरिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको नागपूजे र भीरखर्कका पहिरोपिडितलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको उपस्थितिमा, सिमपानी न्युजका अध्यक्ष बिमल भट्ट, पत्रकार अमित भट्ट, हन्ड्रेड्स ग्रुपका अन्सु यादव, बब्लु गुप्ता, यम खड्का लगायतको टिमको सहकार्यमा सम्बन्धित पिडित समक्ष नगदसहित खाद्यान्नलगायतका सामग्री हस्तान्तरण गरिएको छ ।










































