गोरखा, शनिबार, २७ भाद्र २०७७ । चितवनस्थित सैनिक ब्यारेकभित्र रुखको हाँगा काट्ने क्रममा गोरखाका दुई सैनिकको मृत्यु भएको छ ।
शक्तिखोरस्थित सिँहनाथ गणमा कार्यरत गोरखाको शहीद लखन गाउँपालिका ६ बतासे निबासी सुवेदार राजुबाबु श्रेष्ठ र गोरखा नगरपालिका ११, बाह्रकिलो निबासी सैनिक जवान साजन कुमालको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
ब्यारेकभित्र रहेको विजुलीको तार पन्छ्याउन रुखको हाँगा काट्ने क्रममा करेण्ट लागेर दुईजनाको मृत्यू भएको चितवन प्रहरी कार्यालयका प्रबक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिनुभयो । कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा र श्रेष्ठको उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु भएको उहाँले बताउनु भयो ।
रुखले विद्युतीय तारलाई छोएपछि उनीहरूले हाँगा काट्ने प्रयास गरेका थिए । सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । सैनिक जवान साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थापाले बताउनु भयो ।









































