Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५६:२६ बिहान
- ADVERTISEMENT -

“म कमजोर पार्टीको बलियो नेता होइन बरु बलियो पार्टीको सामान्य नेता बन्न चाहन्छु” नेता पौडेल

प्रकाशित मिति: २०७७ भदौ २३, मंगलबार

752
Shares

विराटनगर, मंगलबार, २३ भाद्र २०७७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू नै बीपी कोइरालाको विरासत थाम्ने दाबी गरेका छन् ।

१०७ औं बीपी जन्म जयन्तीको अवसरमा विराटनगरको साझा सवालका लागि साझा मञ्च विराटनगरले सोमबार वर्तमान सन्दर्भमा प्रजातान्त्रिक समाजवाद विषय विषय भर्चुअल अन्तरक्रियामा नेता पौडेलले आफू पनि कोइराला भएको स्पष्ट गरे । भने,“त्यहि भएर म पनि कोइराला नै हो भनेर केहीअघि मैले विराटनगरबाटै घोषणा गरेको थिएँ ।” नेता पौडेलले बीपीको समाजवादी चिन्तन र सिद्धान्त अहिले पनि उत्तिकै सान्र्दभिक रहेको बताउँदै पार्टीमा बीपीको त्यो विरासत आफूले नै थाम्ने दाबी गरे ।

”म कमजोर पार्टीको बलियो नेता होइन बरु बलियो पार्टीको सामान्य नेता बन्न चाहन्छु,” पौडेलले भने,“कांग्रेसलाई बलियो बनाउनुको विकल्प छैन । भएका कमीकमजोरी सुधार गरेर अघि बढ्नु पर्छ ।” पौडेलले आफूले पहिल्यै महाधिवेशनको विषयलाई टुंगोमा पु¥याउन क्रियाशील सदस्यता जस्ता विषयलाई थाँती नराख्न सुझाव दिएको बताए ।

पौडेलले बीपीको सामान्य जीवनशैली र देशप्रतिको इमान्दारिताले नै आफू प्रजातान्त्रिक आन्दोलनमा लागेको स्पष्ट गरे । भने,“अहिले पनि म प्राजातन्त्रकै आन्दोलनमा छु ।” पौडेलले अहिलेको कम्युनिष्ट सरकार जनताप्रति उत्तरदायी नभएको र गैरजिम्मेवार रुपमा प्रस्तुत भएको बताए ।

कार्यक्रममा मोरङ कांग्रेसका नेता गोपालमान सिंह राजभण्डारीले स्वागत मन्तब्य राख्दै नेताहरु इमान्दार हुनुपर्ने सुझाव दिए । भने,“नेताहरु आफू पनि जनता, कार्यकर्ता र देशप्रति उत्तरदायी हुनुपर्छ । एकथोक भन्ने र अर्को काम गर्ने चरित्र हुनुहुन्न ।” अर्थशास्त्री भेषप्रसाद धमलाले अहिले कोभिडले उत्पन्न गरेको परिस्थितिबाट पार पाउन विश्व नै लागि परेको बेला नेपालमा भने सरकार लाचार जस्तो देखिएको आरोप लगाए ।

मोरङ कांग्रेसका उपसभापति भक्ति माझीले बीपीको सिद्धान्तकै कारण आज पनि कांग्रेसको जीवन रहेको बताए । कार्यक्रमको संयोजन प्रदेश १ का कांग्रेस सचेतक सूयर्माराज राईले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -