काठमाडौँ, आइतबार, २१ भाद्र २०७७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेल गृह ज़िल्ला तनहुँको बिभिन्न कार्यक्रममा सहभागी हुनु हुने भएको छ ।
युवा नेता प्रदीप पौडेल यहि भाद्र २३ गते घिरिङ्ग गाउँपालिकाका सभापति ईमान सिं थापाको आमाको शोकसभामा सहभागी हुनु हुने भएको छ । त्यसैगरी, भाद्र २४ गते शुक्लागण्डकी नगरपालिकामा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम गर्ने र भाद्र २५ गते तनहुँको ब्यास नगरपालिकामा हुने विभिन्न कार्यक्रमममा सहभागी हुने उहाँको निजी सचिवालयले जनाएको छ ।
उहाँ शोक सभा, कार्यकर्ता भेटघाट, तनहुँमा भएका बिकाश निर्माणका गतिबिधिको अवलोकन लगायत अन्य कार्यक्रममा सहभागी हुने तालिका तय गरिएको टुक राज श्रेष्ठले जानकारी दिनुभयो ।








































