काठमाडौँ, आइतबार, २१ भाद्र २०७७ । रौतहटमा लामो समयदेखि नेपाली सञ्चार क्षेत्रमा क्रियाशील सञ्चारकर्मी शुशिला पोख्रेल चौलागाईले पहिलो लोकदोहोरी गीत “जुन तारालाई हेर्छु” गीतको भिडियो सार्वजनिक गर्नु भएको छ ।
माया प्रेमको भावनात्मक सम्बन्धको बारेमा गीतमा दोहोरो सम्बाद रहेको उक्त गीतमा स्वर सुशिला पोख्रेल चौलागाई र हिमाल सापकाृेटाको रहेको छ ।
शालिकराम भण्डारीको शब्द , यज्ञ सापकोटाको लय रहेको उक्त गीतको संगीत संयोजन महेश विक्रम पाण्डेले गरेका हुन् ।
साथै, प्रेम खड्का, कविता गौतम र अनिस लामिछानेको अभिनय रहेको गीतको म्युजिक भिडियोको निर्देशन मदन खड्काले गरेका हुन । टंक के.सी.को क्यामेरा रहेको सो गीतको म्युजिक भिडियो सम्पादन अमृत चापागाईले गरेका हुन् ।
चौलागाई विगत लामो समयदेखि रेडियो चन्द्रपुर तथा गुन्जन एफएममा कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत छिन् ।
भिडियो








































