काठमाडौं, आइतबार, २१ भाद्र २०७७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् ।
खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले आफ्नो एक महिनाको पारिश्रमीक सहयोग गरेका हुन् ।
सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराइले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताए । साथै, खातुनको उच्च शिक्षाका लागि आफ्नो तर्फबाट केही सहयोग गर्ने वचन दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिन अघि बालुवाटारमा बोलाएर उनको शिक्षाको सबै प्रबन्ध गरिने बचन दिएका थिए ।









































