लमजुङ, शुक्रबार, १९ भाद्र २०७७ । ३ बालिका बलात्कार गर्ने १ पुरुष लमजुङ प्रहरीद्वारा पक्राउ गरेको छ ।
गत भाद्र ६ गते शनिबारका दिन लमजुङ जिल्ला क्व्होलासोथर गाउँपालिका वडा नं.३ बगुम बस्ने ४३ बर्षिय नन्दमान गुरुङले ३ जना बालिकालाई बलात्कार गरेका थिए ।
११ बर्षका २ जना बालिका र ९ बर्षका १ जना बालिकालाई कोहि नबस्ने खाली घरमा अबोध बालिकालाई ललाई फकाई जवरजस्ति करणी गरेको भनि आज शुक्रबार जाहेरी दरखास्त दिएपछि लमजुङ प्रहरीको टोली खटिन गई गुरुङलाई पक्राउ गरेको छ ।
सम्मानीत लमजुङ जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी जवरजस्ति करणी सम्बन्धि कसुरमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।








































