बागलुङ, शुक्रबार, १९ भाद्र २०७७ । नेपाली काँग्रेसका नेताहरुले बागलुङ ढोरपाटनका बाढी पीडितहरुलाई राहत वितरण गर्नु भएको छ ।

करीव २ लाख बराबरको राहत सामग्री बोकेर नेपाली कांग्रेसका नेता जीत शेरचन बागलुङको ढोरपाटन नगरपालिकाको बाढीपहिरो प्रभावित क्षेत्र पुग्नु भएको हो । बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिकाको वडा न ९ भुजिखोलामा राति आएको बाढिले दुनेपधेरा लाकुरी बोट सुकुर्दुङ लगायत स्थानमा घरहरुर बगाएको छ र थुप्रै घरहरु जाेखिममा रहेको जानकारी प्राप्त भए अनुसार उहाँ त्यस तर्फ़ प्रस्थान गर्नु भएको हो ।

नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति दोर्ण कुँवर, महाधिवेसन प्रतिनिधि जीत शेरचन, नेपाली काँग्रेस तरुण विभागका केन्द्रीय सदस्य अर्जुन शेरचन र नेपाल तरुणदल बागलुङका कोषाध्यक्ष देबेन्द्र घर्तीले पहिरो पीडितका लागि राहत पुराएका हुन् । उहाँहरुले बाढी पहिरोबाट पीडित बनेका ७१ परिवारलार्य प्रतिपरिवार एक÷एक बोरा चामल, दुई÷दुई किलो दाल, एक÷एक किलो नुन तथा एक÷एक पोका तेल राहत उपलब्ध गराउनु भएको छ । घरबार बिहीन भएका ४० परिवारका लागि त्रिपाल समेत वितरण गरेका नेपाली काँग्रेस क्षेत्रीय सभापति दोर्ण कुमार कुँवरले बताउनु भयो ।

उक्त अवसरमा ५१ परिवारलाई प्रति परिवार एक÷एक हजारका दरले नगद पनि वितरण गरिएको थियो । काठमाडौंबाट आएकार हेलिकप्टरले बागलुङबाट त्रिपाल लगेर प्रभावित क्षेत्रमा पुगेका थियो । उनीहरुले एक हजार थान मास्क समेत वितरण गरेका छन् ।
नेपाली काँग्रेसका चार युवा नेता राहत लिएर प्रभु एयरको हेलिकप्टर मार्फत पहिरो प्रभावित क्षेत्रमा पुगेका थिए । हेलिकप्टरका लागि प्रभु बैंकका अध्यक्ष देवीप्रसाद भट्टचनले सहयोग गरेको काँग्रेस नेता जीत शेरचनले बताउनु भयो ।

यसअघि गृहमन्त्री रामबहादुर थापा बादल सहित बागलुङका सांसदहरु चढेर बागलुङ ढोरपाटनका लागि प्रस्थान गरेको नेपाली सेनाको हेलिकप्टर प्रभावित क्षेत्रमा ल्याण्ड हुन नसकेपछि पोखराबाटै फिर्ता भएको थियो ।
राहत सामग्री लिएर आएको गृहमन्त्री र सांसदहरु सहितको टोली खराब मौसमका कारण ढोरपाटनमा बस्न नसकेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले बताउनु भयो । उहाँ दिउँसो साढे १ बजेसम्म मौसम खुल्ने प्रतिक्षामा पोखरा विमानस्थलमा बसे पनि मौसम खराब भएका कारण काठमाडौं फर्किएको बताईएको छ ।









































