Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४६:०७ बिहान
- ADVERTISEMENT -

अध्ययन नै नगरेर लकडाउन र निषेधाज्ञा जारी गर्ने र हटाउने निर्णय गरिरहेको कांग्रेसको आरोप

प्रकाशित मिति: २०७७ भदौ १८, बिहीबार

656
Shares

काठमाडौं, बिहिबार, १८ भाद्र २०७७ । नेपाली कांग्रेसको कोभिड-१९ अनुगमन समितिले सरकार अध्ययनै नगरेर लकडाउन र निषेधाज्ञा जारी गर्ने र हटाउने निर्णय गरिरहेको आरोप लगाएको छ ।

अनुगमन समितिले बिहीबार प्रेस नोट जारी गर्दै सरकार अध्ययन नै नगरेर लकडाउन र निषेधाज्ञा जारी गर्ने र हटाउने निर्णय गरिरहेको आरोप लगाएको हो । अनुगमन समितिका संयोजक तथा पार्टीका सह-महामन्त्री प्रकाशशरण महतद्वारा जारी प्रेस नोटमा भनिएको छ, “उपत्यकामा फेरि निषेधाज्ञा थपिएको छ । देशको विभिन्न भागमा पनि निषेधाज्ञा लागु गरिएको छ । यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेका छन् ।”

निषेधाज्ञा लगाउने/नलगाउने निर्णय स्थानीय प्रशासनहरुले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोजेको अनुगमन समितिको ठहर छ ।

अनुगमन समितिले केही दिनअगाडि १३ बुँदे ध्यानाकर्षणसहित सरकारसँग कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक-सामाजिक संकट कम गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरेको थियो ।

“तर, सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी देखिएन । हामी सरकारको यस्तो संवेदनहीनता र निष्क्रियताको घोर निन्दा गर्दछौं,” प्रेस नोटमा उल्लेख छ ।

समितिले कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकहरुको आर्थिक सामाजिक जीवनमा देखापरेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरेको छ ।

सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नदेखिएको भन्दै समितिले आपत्तिसमेत जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -