Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:३५ बिहान
- ADVERTISEMENT -

बागलुङ पहिरो अपडेट : बस्ती बगायो, १९ जना बेपत्ता

प्रकाशित मिति: २०७७ भदौ १८, बिहीबार

987
Shares

बागलुङ, बिहिबार, १८ भाद्र २०७७ । बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङ्गको भुजिखोलाले खोला किनारका बस्ती बगाउँदा १९ जना वेपत्ता भएका छन् ।

अविरल बर्षासँगै बुधबार राती खोलामा आएको बाढीले तटीय क्षेत्रको बस्ती बगाउँदा मानवीयसँगै भौतिक क्षति भएको आशंका गरिएको छ । प्रहरी घटना स्थल पुग्न कठिन हुँदा मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण प्राप्त हुन सकेको छैन ।

स्थानीय जितबहादुर घर्तीका अनुसार लाखुरबाटका तीन जना, जुनापधँेराका दुई जना, घट्टाबोटका १२ जना, भुसुन्डेका दुई जना वेपत्ता भएका छन । पहिरोले तटीय क्षेत्रका करिव दुई दर्जन घर पूर्ण क्षति गरेको छ ।

बाढीले भुजुखोला चौथो र पाँचौ लद्यु जलविद्युत आयोजताको पावर हाउस समेत बगाउँदा सो क्षेत्रमा सम्पर्क विच्छेद हुँदा घटनाबारे पुरा विवरण प्राप्त हुन नसकेको स्थानीयवासी घर्तीको भनाई छ ।

बाढीले जनचेतना प्रावि र सरसस्वती आधारभुत विद्यालयको भवन झोलुङ्गे पुल बगाएको छ । पहिराले ढोरपाटन सालझण्डी मोटरबोटो पूर्ण रुपमा अवरुद्ध गरेको हुँदा उद्धारको प्रहरी घटना स्थल पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

स्थानीय प्रहरीचौकीबाट प्रहरीको उद्धार टोली पैदल यात्रा माफर्त घटना स्थलतर्फ हिडेको छ । घटना स्थलमा टेलिफोन सम्पर्क विच्छेद हुँदा घटनाबारे विवरण प्राप्त गर्न मुस्किल भएको प्रहरीको भनाई छ । ढोरपाटन नगरपालिका–३ भर्नेबगर खोला किनारमा करिव ३२ बर्षिय पुरुषको पहिचान नखुलेको शव फेला परेको छ ।

ढोरपाटन–सालझण्डी सडक खण्डकोे बस्तीमाथि रहेको फलेगरमा गएको पहिरोले भुजिखोला थुनिएको र खोलाको ताल फुटे पछि बाढी आएको हुन सक्ने स्थानीयबासी जितबहादुर घर्तीले बताउनुभयो ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र न्यौपानेसहितको सुरक्षा निकायको टोली प्रस्थान गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -