काठमाडौँ, मंगलबार, १६ भाद्र २०७७ । ए.बी. इन्टरनेशनलको आयोजनामा बन्दाबन्दीको समयमा ५ मिनेटको भिडियोबाट नगद जित्ने अवसरको खोजि गर्ने भएको छ । नेपाली फिल्म कम्पनी ए.बी. इन्टरनेशनलले नेपाली फिल्म मात्र नभएर बलिउड स्तरको फिल्म समेत निर्माण गर्न सफल भएको ए.बी. इन्टरनेशनलले बन्दाबन्दीको समयमा एउटा छुट्टै नयाँ विचार धाराका साथ प्रस्तुत भएको हो ।
बिश्वब्यापी महामारीको रुपमा बढ्दै गइरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गर्दै केहि नयाँ गरौँ भन्ने भावनाका साथ “LIFE IN QUARANTINE” Online video documentary competition सार्वजनिक गरेको छ ।
जसका लागि तपाईहरुले कम्तीमा पनि ५ मिनेटको भिडियो तयार गर्नुपर्ने हुन्छ । लकडाउनको समयमा तपाईको समय वा दिनचर्या कसरी बितिरहेको छ, सो कुरा भिडियोमा प्रस्तुत गर्न सक्नुहुनेछ । तपाईको राम्रो गतिविधिले गर्दा कोरोना भाइरसबाट जोगिने कुनै नयाँ क्रियाकलाप अरुले पनि सिक्ने अवसर पाउन सक्नेछन् ।
तपाईको ५ मिनेटको भिडियो अरु कसैको लागि inspiration पनि हुन सक्छ । त्यसैले, ढिलो नगरी लकडाउनको समयमा तपाईले बनाएको भिडियो आफ्नो सामाजिक सन्जालमा पोष्ट गर्नुपर्नेछ। तपाइले पोस्ट गरेको भिडियोबाट सर्वाेत्कृष्ट भिडियो छनौट गरि पहिलो बिजेताले नगद बीस हजार र दोस्रो बिजेताले दश हजार नगद पुरस्कार जित्न सक्नुहुनेछ ।








































