काठमाडौँ, १५ भाद्र २०७७ । लामो समय प्रदेशको यात्रामा बसेर शब्द कोर्नेमा एक हुन गोविन्द लामिछाने ! गोरखा नगरपालिका वडा नं १ छाप्थोक घर भएका लामिछाने लामो समयदेखि प्रदेशमा रहनु भएको छ। प्रदेशमा रहेर उहाँले आफ्नो जिवनको भोगाइ, समसामयिक विषयवस्तु र समाज परिवर्तनका क्षेत्रमा आवाज उठाउदै आइरहनु भएको छ ।
जब लामिछाने प्रदेशको यात्रामा हाणिए तब उहाँले सिर्जनाहरु कोर्दै जानु भयो । उहाँ भन्नुहुन्छ , “जब प्रदेशमा भइन्छ तब गाउँघरको याद आउँछ अनि त्यसपछि आफ्नो गाउँघर रमणीय वातावरण र समाजले उहाँलाई पोल्ने गर्दछ र एउटा सिर्जना निस्कन्छ । हो, त्यही सिर्जनालाई मैले शब्द र लिपिबद्द भरेको छु ।
उहाँले प्रदेशको यात्रामा रहेर थुप्रै साहित्यिक सिर्जनाहरु रचना गर्नु भएको छ । उहाँको पहिलो “यात्रा” नामक कथाबाट थुप्रै हौसला प्राप्त भएपछि उहाँले कथाहरु लेख्न थालेको उहाँ बताउनु हुन्छ । ” कथा लेख्दा कस्ले पढछन होला र भनेर हिम्मत हारेको भए आज यो दिनसम्म आइपुग्थिन जस्तो लाग्छ । ” उहाँ भन्नुहुन्छ ।
आफ्नो कथामा सामाजिक, राजनैतिक, धार्मिक लगायतका हरेक विधाका विषयलाई ओगटने गर्दछन्। विकृति र विसङ्तीविरुद्ध आवाज उठाउने मध्येमा लामिछाने पनि एक हुनुहुन्छ ।
उहाँले “को-कस्को, शरणार्थी जीवन, थाकेका पाइलाहरु, मेरो एउटा साथी छ, रातो बाक्सको रेमिट्यान्स, अपुरा यात्राहरु, अमिट प्रेम, घर छाडेको दिन, डिएर पग्ली लगायत थुप्रै कथाहरु लेख्नु भएको छ ।
साथै उहाँले ” हाम्रो समाज किन कुरुर बन्दै छ ” भन्ने शिर्षकमा लेख समेत लेख्नु भएको छ । जुन लेखमा हाम्रो बालबालिकाहरुको चित्रण गरिएको छ । त्यसैगरी, वर्तमान समयमा राजनीति गर्न हुन्न भन्नेहरुका बिचमा उहाँले आफ्नी बहिनीलाई एउटा पत्र समेत लेखेका छन । जसमा उनले आफ्नी बहिनीलाई “राजनीतीमा समाबेश भएर राजनीतिमा भएको भ्रस्टाचार र अनियमिततालाई सुल्झाउन ” अनुरोध समेत गरेका छन ।
करिव ४०-४५ वटा कथा सिर्जना गरेका लामिछानेले प्रदेशको यात्रामा आफ्नो खाजा खाने समयलाई पनि वचत गरेर आफ्नो देशको जनजीवनलाई शब्द मार्फत व्याख्यान्कन गर्नु हुन्छ ।
किताब निकाल्ने सोचमा हुनुहुन्छ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ ” सोच चाहिँ छ तर अहिले तत्कालकालागि सम्भव छैन , भोलिका दिनमा निकाल्ने सोचमा छु ।”
उहाँले अहिलेसम्मकै अत्याधिक लामो कथा ” अमिट प्रेम ” भाग १७ सम्म लेखिसकेका छन । र अहिले फेरि वर्तमान समयमा उहाँले ” डिएर पग्ली ” नामक कथा लेखिरहनु भएको छ । भाग ९ सम्म लेखिसक्नु भएका उहाँले बाकी अरु भाग पनि छिटै लेख्ने उहाँको भनाइ छ ।
“परदेशी जीवन निराश र निरर्थक हुने हुदाँ परदेशीलाई सबैको प्रेरणा र मायाको खाचो छ, उहाँ भन्नुहुन्छ ।









































