काठमाडौँ, आइतबार, १४ भाद्र २०७७ । नेपाली जनसम्पर्क समिति जापानका निवर्तमान सभापति, समाजसेबी, डि पी कडेंललाई युवा जागरण (सजगता ) अभियानको एसिया संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
युवा जागरण (सजगता ) अभियानद्वारा संगठन बिस्तार, नीति, योजना तथा कार्यक्रम संचालको लागि सुदुर पश्चिम प्रदेश संयोजक ई. भुवन भट्ट, जिल्ला संयोजकहरु कन्चनपुरबाट शंकर उपाध्याय, डोटीबाट बम बहादुर कठायत, कैलालीबाट राधुराज उपाध्याय, डेडल्धुराबाट सोहन गौराल, बैतडीबाट मोहन सिंह बिष्ट, बझाङ्गबाट भरत भण्डारी, बाजुराबाट हिरेन्द्र बहादुर रोकाया र अछामबाट सुशील भण्डारीलाई चयन गरिएको छ ।
त्यसैगरी, बिदेशमा रहनु भएका क्यानाडा संयोजक रामेश्वर बुर्लाकोटी र एसिया संयोजक डि पी कडेंललाई चयन गरिएको युवा जागरण (सजगता ) अभियानका अध्यक्ष चिन्तन पौडेलले जानकारी दिनुभयो ।










































