Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१७:२१ बिहान
- ADVERTISEMENT -

‘महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल’ : पूर्वमन्त्री जोशी

प्रकाशित मिति: २०७७ भदौ १३, शनिबार

776
Shares

काठमाडौ, शनिबार, १३ भाद्र २०७७ । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले नेपाली महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताएका छन् ।

नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको सप्ताहव्यापी भर्चुअल कार्यक्रममा उनले नेपालको राजनीतिक आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।

“नेपालमा भएका हरेक परिवर्तनमा महिलाको महत्वपूर्ण भूमिका रहेको छ, महिला आन्दोलनका कारण महिला अधिकार स्थापित भएको हो”, उनले भने । राजनीतिमा महिला सहभागीता बढाउनु जरुरी रहेको उनको भनाई थियो ।

केन्द्रीय सदस्य एवम् सांसद डा. डिला सङ्ग्रौलाले नेपाली राजनीतिमा महिला सशक्तिकरण हुन नसकेको बताइन् । “महिला अधिकार र सशक्तिकरणलाई काँग्रेस नेतृत्वले चिन्न सकेन”, उनले भनिन् । महिलामाथिको हिंसा विरुद्धमा महिला सङ्घ लड्नुपर्ने उनको भनाई थियो ।

नेत्री सङ्ग्रौलाले महिलालाई आर्थिक सवलीकरण र सशक्तिकरणमा महिलालाई जोडेर राजनीतिमार्फत महिला अधिकार प्राप्तीका लागि लड्नुपर्ने बेला आएको उल्लेख गरिन् । प्रदेशसभा सदस्य पुष्पा चौधरीले महिला हिंसा अहिलेसम्म पनि नघटेको भन्दै यसका विरुद्ध सिङ्गो महिला एक भएर अगाडि बढ्नुपर्ने उल्लेख गरिन् । पितृसतात्मक सोचलाई चिर्न महिलाहरु लाग्नुपर्ने उनको भनाई थियो । काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेले मङ्गलादेवी सिंह साहसी र विद्रोही महिला भएको उल्लेख गरिन् । “मङ्गलादेवी सिंहले गरेको क्रान्तिका कारण पछिल्लो समय नेपाली महिला नेतृत्वमा पुग्न सकेका छन्”, उनले भनिन् ।

काँग्रेस महासमिति सदस्य रेखा यादव, महिला सङ्घका महासचिव धना खतिवडा, कमला राजभण्डारीलगायतले महिलालाई संविधान र पार्टीले अधिकार दिएपनि अधिकार कार्यान्वयनका लागि महिलाहरु लाग्नुपर्ने बेला आएको बताएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -