फ्रान्स, शुक्रबार, १२ भाद्र २०७७ । प्रबासमा बस्ने नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दै जादा, अन्तर्राष्ट्रिय विभिन्न क्षेत्रमा नेपालीहरुको सहभागिता पनि उत्तिकै उत्साह रुपमा बढ्दै गएको छ ।
यसै क्रममा फ्रान्सको राजधानी पेरिसमा बस्ने केहि उत्साहित युवाहरुको एक जमातले नेपाली वेभ सिरिज निर्माण गर्न लागेको जानकारी आएको छ ।
प्रबासमा नेपाली समुदाय बीच निकै चर्चित Avash Acharya Productions तथा Diamond Jivan Entertainment को सहकार्यमा ” इशारा Misunderstanding ” नामक वेब सिरिज निर्माण गर्न लागेको जानकारी यस वेब सिरिजका निर्माता जीवन थापा मगरले दिनुभयो ।
जीवन थापाको स्क्रिप्ट तथा आभाष आचार्यको निर्देशन रहने यो सिरिज ४ भागको रहनेछ । थापा मगर नै मुख्य भूमिकामा रहने यस सिरिजमा लव स्टोरी, हास्यरस तथा सामाजिक जनचेतना समेटिएको बताउनु भयो ।
४ भागमा रहेको यो सिरिज ४ हफ्ता सम्म १/१ भाग गरी youtube Channel : Avash Acharya Production मार्फत प्रशारण गरिने छ र पाँचौ हफ्तामा सो सिरिजका कलाकारहरु साथमा लक्की ड्र को आयोजना गरी एक जना भाग्यशाली बिजेतालाइ IPhone 11 प्रदान गरिने छ ।
यस लक्की ड्र मा सहभागी हुनका लागी १० युरोको टिकेट खरिद गरी youtube Channel : Avash Acharya Production लाई अनिबार्य subscribe गरेको हुनु पर्नेछ ।
यस लक्की ड्र कार्यक्रम सोही youtube Channel मार्फत live गरिनेछ ।








































