काठमाडौँ, बुधबार, १० भाद्र २०७७ । अस्मिता अधिकारी र कृशल कडेलको स्वरमा “तिम्रो साथमा रमाऊँ” भिडियो सार्बजनिक गरिएको छ ।
नेपाल आइडल सिजन २ मा सहभागी भएर चर्चित बनेका अस्मिता अधिकारी र कृशल कडेलले एक साथ गाएको पहिलो गीत “तिम्रो साथमा रमाऊँ” भिडियो सहित रिलिज भएको छ ।
नेपाल आइडल २ मा अस्मिता चौथो भएकी थिइन् भने कृशल उत्कृष्ट ७ मा पुगेका थिए । पछिल्लो समय अस्मिता र कृशलका हिट गीतहरू बजारमा आइरहेता पनि पहिलो पटक हो उनीहरूले युगल गीत गाएका छन् ।
नेपाल आइडलको मंचबाट छुट्टिएपछि यसरी पहिलो पटकसंगै गीत गाउन पाएकोमा कृशल र अस्मिता दुवै खुशी छन् । “हामीलाई नेपाल आइडलको मंचको जस्तै माया दर्शक श्रोताले यो गीत मार्फत पनि दिनु हुनेछ । अस्मिता र कृशलको यो नयाँ गीतलाई बेलायतम बसेर गीत गजल लेखनमा सकृय नृपेश उप्रेतीले लेखेका हुन् भने संगीत पनि गीतकार उप्रेतीले एरेन्जर पुरुषोत्तम सुवेदीको साथमा मिलेर तयार पारेका हुन् ।
अहिले बजारमा चलिरहेको भन्दा अलि फरक भएकोले संगीत प्रेमीहरू यो गीतलाई मन पराउने कुरामा गीतकार उप्रेती आशावादी छन् । रोमान्टिक फ्लेवरको यस गीतको भिडियोमा स्वयं अस्मिता र कृशल नै गीत गाउदै देखिएका छन् ।
खुशी इन्टटेनमेन्टको प्रस्तुति यस गीतको म्युजिक भिडियो निर्माण ह्वाइट मिडिया प्रा लि गरेको हो भने भिडियोको निर्देशन तथा सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका हुन र छायांकन नमराज घिमिरेले गरेका छन ।








































