काठमाडौँ, मंगलबार, ९ भाद्र २०७७ । बिश्वब्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९ ) का कारण आज बिश्व नै ग्रसित छ । यो महामारी नेपालमा पनि दिनानुदिन बढिरहेको छ ।

क्वारेन्टिन, आईसोलेसन, हस्पिटलका वार्डहरुमा संक्रमितहरु थपिँदै गएका छन् । यस समयमा आफू र आफ्नालाई सुरक्षित राख्नु पर्ने त छँदैछ। साथै, स्वास्थ्य सेवा प्रदान गर्न खटिनु हुने सम्पूर्ण डाक्टर, नर्स लगाएत स्वस्थ्यकर्मी, संचारकर्मी लगायत अझ हामी सबैलाई सुरक्षित राख्न निरन्तर कृयाशिल सबैको कार्यको सही मूल्यांकन गर्दै यो जटिल परिस्थितीमा एक- अर्काका लागि सहयोग, माया र सद्भाव राख्नु अत्यन्त आवश्यक छ ।
हालसालैका केही घटनाहरुमा संक्रमितलाई अपहेलित गरिएको, संक्रमितको स्याहार तथा कर्तब्य परायणमा लाग्नुहुने डाक्टर, नर्सहरुमा पनि संक्रमण देखिएपछि उहाँहरुलाई नै टोलछिमेकका सबै मिलेर दुर्व्यवहार गर्ने प्रवृति पक्कै पनि अशोभनीय छ । त्यसैले, हालको यस जटिल परिस्थितीमा हाम्रा लागि दिनरात नभनी खटिनु हुने Front Line Workers लाई सम्मान गर्ने गरौँ ।
आफ्नो समुदायमा कोही संक्रमित हुनुहुन्छ भने उहाँहरुको विशेष ख्याल राख्ने गरौँ । मानवताकै नाताले पनि अहिलेको अवस्थामा एक- अर्कालाई साथ दिऔँ र सहयोग गरौँ ।
जय नेपाल
बलदेव तिमल्सिना
महामन्त्री
नेपाल बिद्यार्थी संघ,केन्द्रीय समिति








































