Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:५७ बिहान
- ADVERTISEMENT -

कोरोनाको सामना संयम, एकता र दृढताका साथ दिन देउवाकोअपील

प्रकाशित मिति: २०७७ भदौ ७, आइतबार

680
Shares

काठमाडौं, आइतबार, ७ भाद्र २०७७ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार, स्वास्थ्यकर्मी र सबै नेपालीसँग कोरोनाको सामना संयम, एकता र दृढताका साथ दिन हार्दिक अपील गर्नुभएको छ ।

देशका कयौं भागमा बन्दाबन्दी (लकडाउन) र निषेधाज्ञा जारी रहेका कारण यतिबेला जनजीवन कष्टकर बनेको उल्लेख गर्दै सभापति देउवाले अग्रपङ्क्तिमा कार्य गरिरहेकाहरूको उच्च सराहना गर्नुभएको छ ।

आइतबार प्रकाशित गर्नुभएको अपीलमा सभापति देउवाले स्वास्थ्यकर्मीहरूले उच्च मनोबलले कार्य गरिरहनु भएकोमा हृदयदेखि नै प्रशंसा गर्दै अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले स्वास्थ्यकर्मीलाई काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन विशेष ध्यान पु¥याउन सरकारलाई पनि आग्रह गर्नुभएको छ ।

उहाँले स्वास्थ्यकर्मीहरू र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि तीनवटै तहका सरकारहरूलाई सजग पनि गराउनु भएको छ ।

सभापति देउवाले भन्नुभएको छ, ‘‘आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरूको नेतृत्वमा लडिरहेको छ । आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्र्मीहरूको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो ।’’
यसैगरी, पूर्व प्रधानमन्त्री देउवाले आफ्नो जीवन जोखिममा राखेर स्वास्थ्यकर्मीहरूसँगै अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी, सूचना सम्प्रेषणको भूमिका निरन्तर निर्वाह गरिरहेका सञ्चारकर्मी एवम् सफाइकर्मीहरूलाई हृदयदेखि सम्मान गर्छु, भन्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -