धादिङ, शुक्रबार, ५ भाद्र २०७७ । धादिङको गंगा जमुना गाउँपालिका वडा नं ६ बसेरीमा खोला तर्ने क्रममा स्थानीय बासिन्दालाई खोलाले बगाएको छ । भाद्र ४ गते बिहिबारका दिन अधेरी गाउँका ५५ वर्षीय रणबहादुर अधिकारीलाई करिब ५:५५ बजेको समयमा घर नजिकको आपखोला तर्ने क्रममा पानीको चर्को बहाबको कारणले गर्दा निजलाई बगाएको पारिवारिक स्रोतले जनाएको छ ।

खोलाले बगाएसंगै उहाँलाई वडाका जनप्रतिनिधि, स्थानीय बासिन्दा, नेपाल प्रहरीको सकृयतामा अधेरीखोला, बुढिगण्डकी लगायतका खोला, आसपासका नदिमा खोजी कार्य भईरहेको र हालसम्म पनि फेला नपरेको गंगा जमुना गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद रोकाले जानकारी दिनुभयो । साथै, उहाँको खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।
रणबहादुर अधिकारीलाई कोहि कसैले देख्नु भएमा नजिकको प्रहरी कार्यलयमा वा गंगा जमुना गाउँपालिका सम्पर्क नम्बर ९८५१२०८९१५, ९८५१२०८९६५ अथवा वडाका जनप्रतिनिधि सम्पर्क नम्बर ९८४३४३२६७१ मा जानकारी गराइदिनुहुन अनुरोध गरिन्छ ।









































