ओखलढुंगा, बुधबार, ३ भाद्र २०७७ । ओखलढुंगाको चम्पादेवी-६ मा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता नविकरण, वितरण तथा पार्टी प्रवेश कार्यक्रम मंगलबार सप्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका सचिव नबराज केसि को प्रमुख आतिथ्यतामा ,नेपाली काङ्ग्रेस जिल्ला सदस्य तथा चम्पादेवी संयोजक अजय लुइँटेलको विशेष आतिथ्यतामा, चम्पादेवीका पार्टी सभापति रुद्र घिमिरे लगायत असोक खड्का, बद्री कार्की, नेपाल तरुण दल चम्पादेवी संयोजक इन्द्र खत्री, तरुण सह संयोजक हरि बराल नेपाली काङ्ग्रेस चम्पादेवी सचीव तथा नेविसंघ जिल्ला सचिव सुजन पौडेल, नेविसंघ चम्पादेवी संयोजक उत्तम फुयाल,शिक्षक संघ,र ६ नम्बर वडाका काङ्ग्रेसका नेता कार्यकर्ताको उपस्तिथि सो कार्यक्रममा सम्पन्न भएको हो ।
सोही कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचीव केसि तथा चम्पादेवी संयोजक लुइँटेलले नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका नेकपा स्थानीय नेता राम न्यौपानेको नेतृत्वमा ४० जना व्यक्तिहरुलाई फुल माला र खादा लगाएर सम्मान गरि पार्टी प्रवेश गराएका नेबिसंघ चम्पादेवी संयोजक उत्तम फुयालले बताए ।
नेपाल कम्युनिस्ट पार्टीको अधिनायकवादी चरित्र, ज्यादती,नकारात्मक कर्म र गलत प्रवृती आफुलाई मन नपरेकाले आफुले पार्टी परित्याग गारी नेपाली काङ्ग्रेसमा प्रवेश गरेको र अबका दिनमा लोकतन्त्रको रक्षाका लागि निरन्तर कृयाशिल रहने नव प्रवेशी राम न्यौपानेले बताए । उक्त वडामा स्थानीय निर्वाचनमा नेकपा बिजय भएको थियो ।








































