काठमाडौँ, सोमबार, १ भाद्र २०७७ । ने बि संघले धौलागिरी बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । धौलागिरी बहुमुखी क्याम्पसले विभिन्न बिश्वबिधालयमा पदाधिकारी नियुक्ति, बिना कारण थुनामा रहेका बिद्यार्थीलाई रिहाइ गर्ने, पेट्रोलियम पदार्थको मूल्य कम गर्न भन्ने जस्ता बिबिध माग सहित आजबाट धौलागिरी बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरेको हो ।

कार्यक्रममा ने बि संघ बागलुङका सचिब श्रीकृष्ण पौडेल, स्वबियु सभापति मनिष थापा मगर, सचिब बिष्णु राज पौडेल, प्राविधिक बिद्यार्थी परिषद् केन्द्रिय उपाध्यक्ष सुजन सापकोटा लगायत अन्य बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
त्रिभुवन बिश्व बिधालयमा माग गर्दै गरेका बिद्यार्थी थुनामा हुनु, पोखरादेखि लिएर अन्य बिश्व बिधालयमा उपकुलपति लगायत अन्य पदहरु खाली हुनु, कोरोनको माहामारीमा पनि कुनै नयाँ शैक्षिक विकल्प निकाल्न नसक्नु जस्ता कारण खुलाउदै क्याम्पसमा ताला लगाएको ने बि संघ क्याम्पस सभापति दिनेश पन्तले बताउनु भयो ।

आगामी दिनमा आफ्ना माग पूरा नभएसम्म हाम्रो आन्दोलनले जस्तो सुकै रुप लिने र बन्द निरन्तर रहने ने बि संघ बागलुङ सचिब श्रीकृष्ण ले बताउनु भयो ।








































