काठमाडौँ, १ भाद्र २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ४ चौतारा घर भई हाल काठमाण्डौ नयाँबजारमा बस्दै आएका ३८ बर्षीय कृष्ण परियार यति बेला तनाबमा रहेका छन् । दुवै मृगौला फेल भएकी आफ्नी श्रीमती शर्मिला परियारको उपचारका लागि पीडित बनेका कृष्ण परियार भावुक हुँदै भन्छन्, मेरी श्रीमतीलाई बचाइदिनुस् !
उनका श्रीमान् ट्याक्सी चालक हुन् । मुटुमा पानी जमेर करिव १ लिटर पानी निकालेपछि हाल दुवै मृगौला फेल भएर उपचार गराउन आर्थिक अभाब रहेको छ । शर्मिला परियारको उपचारका लागि आर्थिक अवस्था एकदम कमजोर रहेको हदा सहयोगको याचना गरेका छन ।
विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको कारणले गर्दै कोठा भाडा तिर्न नसकेको आजको परिस्थितिमा हाल श्रीमतीको उपचारका लागि डायलासिस गर्न र औषधि समेत किन्ने पैसा आफुसंग नभएको कृष्ण परियार भावुक हुँदै भन्छन् ।
उनको १२ बर्षका १ छोरा र १४ बर्षकी १ छोरी छन् । घरको अवस्था नाजुक भएकोले उनले आर्थिक सहयोगको अपिल गरेका हुन् । उनलाई सहयोग गर्नेको लागि कृष्ण परियारको मोबाइल न 9841128931 मा सम्पर्क गरी आर्थिक सहयोग गर्न सक्नु हुनेछ ।
साथै, सिमपानी अनलाइन मिडियाले सहकार्य गरेको हुदाँ सिमपानी अनलाइन मिडिया ग्रुपका बिमल भट्ट सम्पर्क नं. ९८४१४८९५४६ र ९८४९६९९४११ मा सम्पर्क गर्न सक्नु हुनेछ ।
भिडियो









































