काठमाडौं, सागर बाबू भट्ट , सोमबार, १ भाद्र २०७७ । केन्द्रिय समितिको निर्देशनमा नेबिसंघद्वारा देशका सम्पुर्ण क्याम्पसमा तालाबन्दी गरेका छन् ।
नेपाल बिद्यार्थी संघ केन्द्रिय कमिटीको निर्देशनमा आफ्ना बिद्यार्थी नेताहरुको गिरफ्तारको विरुद्धमा देशका सम्पुर्ण क्याम्पसहरुमा आज एक बिज्ञप्ति जारी गर्दै विद्यार्थी नेताहरुको सहभागितामा आज हरेक क्याम्पसमा तालाबन्दी गरेका हुन् ।
ने बि संघका नेताहरु पर्सा र त्रि बि मा परिक्षा तालिका सहित बैकल्पिक शिक्षाका लागि तालिका सार्बजनिक गर्न माग गर्दै उपकुलपतिको कार्यलयमा छलफल गर्न जादा उक्त बिद्यार्थी नेताहरुलाइ उपकुलपतिको निर्देशनमा झुटा मुद्दा लगाइ फसाउन खोजिएको छ ।
हिजो नेपाल बिद्यार्थी संघले एक बिज्ञप्ति जारी गर्दै सम्पुर्ण क्याम्पसलाई निर्देशन दिएको थियो ।
केन्द्रिय समितीको निर्देशन अनुसार आज ने बि संघ पब्लिक युथ क्याम्पसले पनि क्याम्पसमा बिज्ञप्तिसहित क्याम्पसको मुख्य गेटमा तालाबन्दी गरेका हुन् । उक्त कार्यक्रममा कुसाग्र बिमली, सन्तोष श्रेष्ठ, जयराम डंगोल, सुजन थिङ, सागर खत्री, शोभा बस्ताकोटी र शिखर छत्कुली लगायत अन्यको उपस्थित रहेको थियो ।
भोलि बिहान ९ बजे देशका मुख्य शहरमा १० जनाको उपस्थिति हुन ने बि संघले निर्देशन दिएको छ ।









































