काठमाडौँ, शनिबार, ३१ साउन २०७७ । काठमाडौंको मनमैंजुमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार मृत्यु हुनेमा नुवाकोटका लक्ष्मण तामाङ रहेका छन् । तामाङलाई घाइते अवस्थामा ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुई समूहबीच भनाभनपछि झगडा भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने दोर्जे तामाङ भने फरार भएका छन् । उनको खोजी कार्य भइरहेको बताइएको छ ।








































