काठमाडौं, मंगलबार, २७ साउन २०७७ । एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण सेयर बाँडफाँट भएको छ । सो साधारण सेयरको बिक्री प्रबन्धकको रुपमा रहेको सानिमा क्यापिटलले मंगलबार बिहान सेयरको बाँडफाँट गरेको हो । ३ लाख २० हजार आवेदकलाई १०–१० कित्ता सेयर वितरण गरिएको छ ।

एनआरएनले निष्कासन गरेको ३३ लाख ९८ हजार ४६ कित्ता सेयरमध्ये ३१ लाख ६० हजार १ सय ८३ कित्ता सर्वसाधारणलाई र बाँकी संस्थाका कर्मचारी र म्युचुअल फण्डका लगानीकर्तालाई छुट्याइएको थियो । तर, संस्थाका कर्मचारीहरुले सो सेयरका लागि उल्लेख्य आवेदन नदिएपछि त्यो सेयर समेत सर्वसाधारणलाई नै बाँडिएको हो ।

त्यसो हुँदा कुल ३२ लाख ६ हजार १ सय ४० कित्ता सेयर सर्वसाधारणलाई वितरण गरिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार कम्तिमा १० कित्ता सेयर बाँडफाँट गर्नुपर्ने भएपछि यो सेयर ३ लाख २० हजार ६ सय १४ जनाले मात्रै उक्त सेयर पाएका छन् ।

उक्त सेयरका लागि ४ लाख २८ हजारले आवेदन दिएकोमा ४ लाख १७ हजार ९ सय जनाको आवेदन स्वीकृत गरिएको थियो । यसो हुँदा करिब ९७ हजार आवेदक शेयर पाउनबाट बञ्चित भएका छन् । सेयर बाँडफाँट भएसँगै अब सो कम्पनीको सेयर दोस्रा बजारमा सूचीकरण र कारोबार प्रक्रियामा जानेछ । सो कम्पनीको पहिलो कारोबार १ सय ३ रुपैयाँदेखि २ सय ६ रुपैयाँको बीचमा हुनेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्