गोरखा, मंगलबार, २७ साउन २०७७ । नेपाली काँग्रेसको बिभिन्न केन्द्रिय विभागमा गोरखाका १० जना मनोनित भएका छन । सभापति शेर बहादुर देउवाले बिभिन्न विभागमा उहाँहरुलाई मनोनित गर्नु भएको हो ।

जस अन्तर्गत उद्योग व्यापार विभागको संयोजकमा गोरखाका चिनकाजी श्रेष्ठलाई मनोनितहुनु भएको छ । पूर्व जिल्ला सभापति, पूर्व सचेतक समेत रहेका केन्द्रिय सदस्य श्रेष्ठले संयोजकको जिम्मेवारी पाउँदा विभिन्न विभागमा गोरखाका अन्य नेताले पनि अबसर पाउनु भएको छ ।

काँग्रेस केन्द्रिय कार्यालयले दिएको जानकारी अनुसार पार्टीको संगठन बिभाग सदस्यमा पूर्व जिल्ला कोषाध्यक्ष भूगोल थापा, शिक्षा विभाग सदस्यमा डाक्टर हिमलाल घिमिरे, संघिय मामिला तथा प्रदेश समन्वय विभागको सदस्यमा युबराज बस्ताकोटी चयन हुनु भएको छ ।

त्यसैगरी, वित्तिय तथा सहकारी संस्था समन्वय विभागमा सुरेन्द्र भण्डारी, तरुण दल समन्वय विभागमा धुब्र पन्त र मुस्लिम विभागमा बाबुदिन मियाँलाई सदस्य बनाइएको छ ।

साथै, जनसम्पर्क विभागको सदस्यमा जगत बराम, ट्रेड युनियन विभागको सदस्यमा नबिन श्रेष्ठ र राज्य प्रशासन विभाग सदस्यमा इमानसिंह बस्नेतले जिम्मेवारी पाउनु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्