काठमाडौँ, मंगलबार, २७ साउन २०७७ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण सेयर आज मंगलबार बाँडफाँड हुने सम्भावना रहेको छ । आईपीओमा ४ लाख २८ हजार १५३ जनाको आवेदन परेको थियो । यी आवेदकहरुले १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताको माग गर्दै आवेदन दिएका छन् । जुन मागभन्दा ५ दशमलव २४ गुणा बढी हुन आउछ ।

कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ विक्री गरेको हो ।
विक्री प्रबन्धक सानिमा क्यापिटलले प्रि–अलोटमेण्ट आइतवार नै सम्पन्न गरी अन्तिम बाँडफाँटको लागि नेपाल धितोपत्र बोर्डसँग स्वीकृति मागेको जानकारी दिएको छ । बोर्डको स्वीकृति प्राप्त भए मंगलवार बाँडफाँट हुने क्यापिटलको भनाइ रहेको छ ।

सर्वसाधारणका लागि छुट्याइएको कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ मध्ये १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित राखी बाँकी रहेको उक्त शेयर सार्वजनिक निष्कासन मार्फत कम्पनीले विक्री गरेको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्