काठमाडौँ, सोमबार, २६ साउन २०७७ । आज साउन महिनाको अन्तिम सोमबार देशभर शिवको पूजा आराधना गरि मनाइँदै छ । हिन्दू नेपाली नारीहरुले आज भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् ।

साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु ब्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । काठमाडौंको पशुपतिनाथमा खास गरि बोलबम तीर्थालुहरुले सुन्दरीजलबाट ल्याएको जल चढाउने गर्दछन् भने महिलाहरुले सोमबारको पुजा आजा गर्ने गर्दछन् ।

हिन्दू नारीहरुले साउन महिनाको पहिलो सोमबारदेखि ब्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने ब्रत समापन गर्दछन् । यस वर्ष कोरोना महामारीका कारण विगतका वर्षजस्तो शिवालयलमा भिडभाड छ । अधिकांश मन्दिरहरु बन्द हुँदा श्रद्धालु भक्तजनले घर(घरमै पूजा गरी मनाउँदैछन् ।

काठमाडौं उपत्याकाका पशुपतिनाथ, कोटेश्वरको महादेवस्थान, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, गुल्मीको रेसुङ्गा, पाल्पाको सिद्धबाबा, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्यादिको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर,
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाट सहित देशैभरका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो लाग्ने गरेको भएपनि यसवर्ष कोरोनाका कारण मन्दिहरुमा भक्तजनहरुको उल्लेख्य सहभागिता छैन ।

साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ ।आज महिलाले हरियो रंगको बस्त्र, चुरा, पोते र मेहन्दी हिन्दुधर्म आनुसारका बस्त्र लागाएर शिवको ब्रत बस्ने गर्दछन ।

विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्