सिन्धुपाल्चोक, शुक्रबार, २३ साउन २०७७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतलाई पितृ शोक परेको छ । पुर्व मन्त्री बस्नेतका पिता खडगबहादुर बस्नेतको ८४ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौको मनमोहन अस्पतालमा शुक्रबार बिहान निधन भएको थियो ।

दिर्घरोगबाट पीडित बस्नेत केही दिनदेखि काठमाडौमा उपचाररत थिए । बस्नेतको पाँच छोरा र पाँच छोरी छन् । स्वर्गीय बस्नेतको शुक्रबार नै गृह जिल्ला सिन्धुपाल्चोकको बाह्रविसेमा अन्त्यस्टी गर्ने कार्यक्रम रहेको कांग्रेस नेता युधिर पौडेलले जानकारी दिए ।

यसै बिच नेपाली काग्रेस सहित जिल्लामा क्रियाशिल विभिन्न राजनीतिक दलका नेताहरुले विज्ञप्ति प्रकाशित गरेर पुर्व मन्त्री बस्नेतलाई पर्न गएको शोकप्रति दुःख व्यक्त गरेका छन् ।

नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा,वागमती प्रदेशका उद्योग,पर्यटन,वन तथा वातवरण मन्त्री अरुण नेपाल सामाजिक विकास मन्त्री युवराज दुलाल,बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा, इन्द्रावती, सुनकोशी, हेलम्बु लगायतका स्थानीय सरकारका प्रमुखहरुले पनि विज्ञप्ति प्रकाशित गरेर दुःख व्यक्त गरेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्