काठमाडौं, बुधबार, २१ साउन २०७७ । गैरआवासीय नेपालीहरुद्वारा प्रवर्द्धित एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा करिब एक अर्ब ६६ करोड रुपैयाँबराबरको आवेदन परेको छ ।

आवेदन दिने अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म चार लाख २८ हजार १५३ आवेदकबाट १ अर्ब ६५ करोड ६७ लाख ६० हजार रुपैयाँबराबरको १ करोड ६५ लाख ६७ हजार ६०० कित्ता सेयरका लागि आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कम्पनीले गत शुक्रबारबाट हाल कायम रहेको जारी पुँजी एक अर्ब १३ करोड २६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ३३ करोड ९८ लाख चार हजार ६०० हजार रुपैयाँको आईपीओ बिक्री खुला गरेको थियो । कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात् एक लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । त्यस्तै २ प्रतिशत अर्थात् ६७ हजार ९६१ कित्ता कर्मचारीका लागि छुट्याएको छ । बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्तामा भने सर्वसाधारणले आवेदन दिने सक्ने कम्पनीको विवतरणपत्रमा उल्लेख छ ।

नेपाल धितपत्र बोर्डले साधारण सेयर बाँडफाँट गर्दा १० पुगेसम्म न्यूनतम १० कित्ता सबै आवेदकलाई वितरण गर्नुपर्ने र त्यो भन्दा माथि आवेदनअनुसार सबैलाई समान रुपमा वितरण गर्नुपर्ने व्यवस्था गरेको छ ।

कम्पनीले निष्कासन सर्वसाधारणका लागि निष्कासन गरेको कुरा सेयर संख्या ३ लाख ३१ लाख ६० हजार १८३ कित्ता मात्रै निष्कासन गरेको छ । उक्त सेयर १० कित्ताका दरले भाग लगाउँदा कम्पनीले बिक्रीमा ल्याएका आईपीओमा ३ लाख १६ हजार १८ जनाले आवेदकले सेयर पाउने देखिन्छ ।

कम्पनीको आईपीओ त्योभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँड हुने निश्चित भएको छ । यसरी बाँडफाँड हुँदा एक लाख १२ हजारभन्दा बढीले सेयर नपाउने देखिन्छ । यद्यपि आवेदन दिने समय सकिए पनि आश्वा सदस्यले विवरण अपडेट गर्न बाँकी नै रहेको र विवरण भेरिफाइ गर्दा केही रिजेक्ट हुन सक्ने भएकाले यसमा केही तलमाथि हुन सक्नेछ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २०७६ फागुन ४ गते आईपीओ निष्कासन अनुमति दिएको थियो । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

कम्पनीले २८.१ मेगावाटको लिखु खोला जलविद्युत् आयोजना, ७३ मेगावाटको मिडल तमोर हाइड्रोपावर, २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना र १४.३ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनामा लगानी गरेको छ । कम्पनीको सञ्चालक समिति अध्यक्षमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवनाथ लामिछाने छन् । यस्तै पूर्वअध्यक्ष शेष घले कम्पनीको सञ्चालक छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्