- ADVERTISEMENT -

‘नेपाल आइडल’को तेश्रो संस्करण बिहिबारबाट पुनः सुरु हुने

August 4, 2020
731
Shares
- ADVERTISEMENT -

काठमाडौँ, मंगलबार, २० साउन २०७७ । गायन रियालीटी शो ‘नेपाल आइडल’को तेश्रो संस्करण बिहिबारबाट पुनः सुरु हुने भएको छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण स्थगीत भएको उक्त संस्करण पुनः सुरु हुने भएको हो ।

‘नेपाल आइडल–३’ रोकिनु अगाडिको अन्तिम साता उत्कृष्ट १० बाट बाहिरिएका प्रतिस्पर्धीले वाइल्ड कार्ड इन्ट्रीका लागि प्रतिस्पर्धा गरेका थिए । केभिन ग्लान तामाङ, प्रवीण बेडुवाल, नेसन पुन मगर र सज्जा चौलागाईं भने उत्कृष्ट चारमा प्रवेश गरिसकेका छन् । वाइल्ड कार्ड इन्ट्रीबाट एकजना पुनः प्रवेश गरेपछि पाँच जनाबीच प्रतिस्पर्धा हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

अब बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण हुने बताइएको छ । यस रियालीटि शोका निर्देशक सुरेश पौडेल हुन् भने जजमा इन्दिरा जोसी, काली प्रसाद बास्कोटा, न्युबज्रचार्य रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -