काठमाडौँ, मंगलबार, २० साउन २०७७ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण सेयरमा मंगलबार बिहान १० बजेसम्म साढे ३ गुणा बढीले आवेदन परेको छ ।

उक्त अवधिसम्म ३ लाख १ हजार ४०० जनाले १ करोड १० लाख ७० हजार ५६० कित्ता साधारण सेयरका लागि आवेदन दिएका हुन् ।

जुन मागभन्दा ३ दशमलव ५० गुणा बढी भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । कम्पनीले साउन १६ गते शुक्रवारदेखि सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणका लागि ३१ लाख ६० हजार १८३ कित्ता साधारण सेयर विक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ मध्य १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित राखी बाँकी रहेको उक्त शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो ।

विक्रीका लागि छिटो अवधि साउन २१ गते र ढिलो अवधि भदौ ५ गतेसम्मका लागि तोकिएको छ । सेयर खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म माग गर्न सकिन्छ ।

सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आफैले घरमै बसेर दिन आवेदन दिन सकिनेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्