काठमाडौँ, आइतबार, १८ साउन २०७७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।

निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई/दुई रुपैयाँले मूल्य बढाईएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो ।

नयाँ मूल्यवृद्धि पछि डिजेल र मट्टीतेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ भने पेट्रोलको प्रतिलिटर १ सय ४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्