Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२८:४६ राति
- ADVERTISEMENT -

कोरोना महामारीको छिट्टै अन्त्य होस् : सामूहिक प्रार्थना गर्दै बकर इद पर्व मनाए

प्रकाशित मिति: २०७७ साउन १७, शनिबार

707
Shares

नेपालगञ्ज, शनिबार, १७ साउन २०७७ । बाँकेका मुस्लिम धर्मावलम्बीहरूले भौतिक दूरीको पालना गर्दै कोरोना महामारीको अन्त्य छिट्टै अन्त्य होस् भनेर सामूहिक प्रार्थना गरेर बकरइद पर्व मनाएका छन् ।

कोभिड-१९ महामारीका कारण मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकरइदलाई बाँकेमा विगतझैँ धुमधामका साथ नमनाएर सबैले आ–आफ्नो घरमा धार्मिक कार्यहरू पूरा गरेर मनाएका छन् ।

स्थानीय जामा मस्जिद तथा इदगाह सञ्चालक समितिका महासचिव ईरफान सिद्दीकीले शनिबार नेपालगञ्ज बीपीचोकस्थित इदगाहमा सामाजिक दूरी र स्वास्थ्य मापदण्डको पालना गर्दै बकरइदको सामूहिक नमाज पढाइएको बताउनुभयो ।

उहाँले सो अवसरमा कोभिड १९ महामारीको अन्त्यका लागि विशेष सामूहिक प्रार्थना गरिएको पनि बताउनुभयो । कारी ईबरार अहमदले बकराइदको सामूहिक नमाज पढाउनुभएको थियो । उहाँले कोभिड १९ महामारीबाट सचेत रहन, भौतिक दूरी कायम राख्न र मास्कलगायत स्वास्थ्य सुरक्षा अपनाउन सबैलाई आगह गर्दै महामारीको अन्त्यका लागि विशेष प्रार्थना गर्नुृभयो ।

इदगाहमा नमाज पढ्न आउनुभएका पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले भौतिक दूरी अपनाउनुका साथै अनिवार्य मास्क लगाएर कोरोनाको समाप्तिका लागि र्इदगाहमा नमाज र विशेष प्रार्थना गरिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले सरकारले तयार गरेको स्वास्थ्य सुरक्षाका नियमहरूलाई सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

पर्वलाई तीन दिनसम्म मनाउने गरिए पनि यस पटक आइतबारदेखि नेपालगञ्जमा निषेधाज्ञा लाग्ने भएको हुँदा पर्वलाई एक दिनमै सीमित गरिने भएको छ । यो पर्वमा अङ्कमाल गरेर एकअर्कालाई शुभकामना दिने परम्परा रहे पनि यस पटक कोभिड १९ का कारण एक मिटरको दूरीबाटै सबैले एकअर्कालाई शुभकामना दिएका छन् ।

शनिबार अधिकांश मुस्लिमले आ–आफ्नो घरमा खसी र भेडा काटेर चढाएको गराएको मुस्लिम धर्म गुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताउनुभयो । बलि दिइएको पशुको मासु तीन भाग गरी एक भाग गरिब, एक भाग छरछिमेक र एक भाग घरमा पकाएर आफू र आफन्तलाई खुवाउने प्रचलन रहेको पनि उहाँले बताउनुभयो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -