- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कांग्रेस अनुगमन समितिद्वारा नेपाल औषधि थोक व्यवसायी संघसँग छलफल

July 31, 2020
652
Shares
- ADVERTISEMENT -

काठमाडौं, शुक्रबार, १६ साउन २०७७ । नेपाली कांग्रेसद्वारा पार्टीका सहमहामन्त्री डा प्रकाश शरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले महामारीको अवस्थामा औषधिको सहज उपलब्धता समस्या र समाधानका बिकल्पमा छलफल गरेको छ ।

नेपाल औषधि थोक व्यवसायी संघको आयोजना एव व्यवस्थापनमा नेपाली कांग्रेसका सह(महामन्त्री एवम् कोरोना अनुगमन समितिका संयोजकको नेतृत्वको टोलीले हालको महामारीको अवस्थामा अत्यावश्यक औषधिको उपलब्धता र जनताको सहज पहुँचका सवालमा भएको वस्तुगत अवस्थाका बारेमा छलफल कार्यक्रम भएको छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त छलफलमा महामारीका समयमा अत्यावश्यक औषधिको खरिद र व्यवस्थापनमा सरकारी निकायको उदाशिनता र अनियमितता व्यापक भएको तर्फ सबैले खबरदारी गर्नुपर्ने बिषय औल्याएका छन् ।

उक्त छलफलमा बोल्दै कोरोना अनुगमन समितिका संयोजक एवम् पार्टीं सहमहामन्त्री डा महतले सरकारी निकाय र मन्त्रालय महामारीको समयमा कमाउ धन्दामा लागेको आरोप लागाए। यसरि भएको अनियमितताको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कारवाहीको समेत माग गरेका छन् । सरकार र स्वयं प्रधानमन्त्री समेत अनियमितताको ढाकछोपमा लागेका कारण जनताले महामारीको रोकथाम र उपचारमा समस्या भोग्न बाध्य भएको बताउदै सरकारलाई खबरदारी गर्न अपिल गरे ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा नेपाली काँग्रेस अनुगमन समितिका सदस्यहरु एन पी सावद, डा प्रभु बुढाथोकी र नेपाल औषधि थोक व्यावसायी संघका पदाधिकारी एव प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -