- ADVERTISEMENT -

‘देउवाले नै महाधिवेशन प्रभावित पार्नेगरी कदम चालेकाले विरोध गरेका हौँ’

July 30, 2020
670
Shares
- ADVERTISEMENT -

काठमाडौँ, बिहिबार, १५ साउन २०७७ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले नै महाधिवेशन प्रभावित पार्नेगरी कदम चालेकाले आफूहरुले विरोध जनाउनु परेको बताएका छन् ।

पौडेल पक्षले बिहीबार सभापति देउवालाई पार्टी कार्यालय सानेपामा असहमति पत्र बुझाएका थिए । तर, सभापति देउवाले समाधान गर्ने कुनै आश्वासन नदिएपछि पौडेल पक्षले पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

‘महामन्त्री र मैले यसअघि पनि पत्र लेखेरै ध्यानार्षण गराएका थियौं । तर सभापतिले सुन्नुभएन, जहिलेसम्म सुन्नुहुन्न तबसम्म दबाब बढाउँदै लैजान्छौं ।’ नेता पौडेलले भने । उनले देउवाले पार्टीको विधान मिच्दै गएकाले त्यसको प्रतिरोध गर्नु परेको बताएका छन् ।

देउवाले हालै कांग्रेसका विभिन्न केन्द्रीय विभाग गठन र आचारसंहिता मिचेर समितिमा मनोनयन जारी राखेकामा पौडेल पक्ष असन्तुष्ट छ । पत्रकार सम्मेलनमा महामन्त्री शशांक कोइराला, पूर्वउपसभापति प्रकाशमान सिंहलगायतका नेताहरु उपस्थित थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -