काठमाडौँ, सोमबार, १२ साउन २०७७ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको तिब्र तयारीमा कांग्रेस नेताहरु घर दैलो अभियानमा लागेका छन् । नेपाली कांग्रेसले २०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने गरी पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेसँगै संस्थापन पक्ष र इतर पक्षबीच निकै प्रतिस्पर्धा हुने देखिएको छ ।

महाधिवेशनको मिति र कार्यतालिका तय गरेसँगै शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरु यति बेला निर्वााचन लक्षित कार्यक्रममा व्यस्त देखिएका छन् ।

सोहि अनुरुप नेताहरु कुन कुन पदमा उठ्ने भन्नेबारे स्वघोषित रुपमा उम्मेद्वारी घोषणामा लागि रहेका छन् । देउवा पक्षले यतिबेला कांग्रेसमा रिक्त रहेका विभिन्न विभागहरुमा नियुक्ति गरिरहेका छन् । सो नियुक्तिलाई लिएर वरिष्ठ नेता पौडेल र सिटौला पक्षले एकलौटी रुपमा देउवाले आफू निकट व्यक्तिहरुलाई जिम्मेवारी सुम्पिएको भन्दै असन्तुष्टि व्यक्त गरिहेका छन् ।

महाधिवेशन नजिकिदै गर्दा विभिन्न नेताहरुले आफ्नो उम्मेद्वारी घोषणा गरिहेका छन् । यति बेला कांग्रेसले नेतृत्व परिवर्तनका लागि नेताहरु क्रियाशिल रुपमा लागिरहेका छन् । सोहि अनुरुप नेता प्रदीप पौडेलले आफू १४ महाधिवेशनमा महामन्त्रीका लागि उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

युवा नेता पौडेलले आफू महामन्त्रीको लागि योग्य उम्मेद्वार भएको बताएका छन् । सिटौला निकट मानिने नेता पौडेलले महामन्त्रीको लागि उम्मेद्वारी दिने बताएसँगै युवा नेता गगन थापाको उम्मेद्वारी सभापतिको लागि हुन सक्ने स्रोतले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्