काठमाडौं, सोमबार, १२ साउन २०७७ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले युवाका कुरा सरकारले नसुनेको आरोप लगाएका छन् ।

१० दिनदेखि अनशनरत युवाहरूलाई काठमाडौंको वसन्तपुरमा भेटेपछि उनले यस्तो बताएका हुन् । “जुन सरकारले जनताले उठाएका माग सम्बोधन गर्छन् ती सफल पनि भएका छन्,” उनले भने, “हामीले सुरुदेखि नै आरडीटी हटाऔं र पीसीआरको संख्या बढाऔं भनेर आवाज उठाएका थियौं तर सरकारले हाम्रो माग पूरा गरेन । युवाको आवाज (कुरै) सुनेन ।”

उनले अनशनरत युवालाई भेटेर पर्याप्त समय हुँदा पनि आफूहरूले राम्रो तयारी गर्न नसकेको बताए । युवाहरूले आफ्नो मात्र स्वार्थ हेरेर आवाज नउठाएको भए सरकार जवाफदेही नहुने उनको भनाइ छ । शर्माले व्यक्तिगत रूपले मात्र नभएर नेपाली कांग्रेसले नै युवाहरूको सत्याग्रहप्रति ऐक्यबद्धता रहेको बताएका छन् ।

उनले सरकारले अघिल्लो अनशनमा जे सम्झौता गरेको थियो त्यो पालना गर्छौं भनेर कार्यान्वयनको प्रक्रिया सुरु गर्नुपर्ने बताएका छन् । जनताले उठाएको जायज माग पूरा गर्नुपर्ने सरकारको कर्तव्य भएको समेत उनले बताए ।

युवाहरू काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा सत्याग्रहमा बसेका छन् । सत्याग्रहमा रहेका दुईजनाको स्वास्थ्य दिनदिनै बिग्रँदै गएको छ । यसअघि इनफ इज इनफ अभियानले १२ दिनको सत्याग्रहपछि सरकारसँग असार २२ गते १२ बुँदे सहमति भएको थियो । तर सरकार (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) सँग १२ बुँदे सहमति भएको दुई साता नाघ्दा पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले वसन्तपुरमा सत्याग्रह थालेका हुन् ।

अहिले ‘ई’ र समाइरा श्रेष्ठ अनशनमा छन् भने करण गुरुङले भने अनशन सुरु गरेको सातौं दिनमा स्वास्थमा समस्या देखिएपछाडि अनशन तोडेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्