काठमाडौँ, शनिबार, १० साउन २०७७ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्व विद्यालय लगायतका शैक्षिक संस्थाले तोकेका परीक्षाका कार्यतालिका फेरबदल गर्न माग गरेको छ ।

आज शनिबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष राजीव ढुंगानाले कोरोना संक्रमणको त्रास कायम नै रहेको, बाढी पहिरो र यातायातको अवस्थालाई हेरेर परीक्षाको कार्यतालिका फेरबदल गर्न माग गरेका हुन् ।

‘एकातर्फ कोरोना संक्रमणको त्रास कायमैं रहेको, अर्कोतर्फ बाढी पहिरो र डुबानले जनजीवन असहज भइरहेको र भाद्र १ गतेदेखि मात्रै लामो दुरीका सवारी साधन खुल्ने अवस्था रहेकोले विद्यार्थीहरु तत्काल परीक्षामा सामेल हुन सक्ने अवस्था देखिंदैन’ विज्ञप्तिमा भनिएको छ |

‘परीक्षाका लागि तयारी गर्न समेत समय अपर्याप्त रहेको र शैक्षिक संस्थादेखि धेरै लामो दुरीमा आफ्ना घर भएमा रहेका विद्यार्थीहरु यावत कारणहरुले परीक्षा केन्द्रमा आइपुग्न समस्या रहेकोले यो व्यवहारिक समस्यालाई ध्यान दिंदै परीक्षाको कार्यतालिकामा फेरबदल गर्न हामी जोडदार माग गर्दछौं ।’ भनिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्