काठमाडौँ, बुधबार, ७ साउन २०७७ । महिला दिदि बहिनीहरुको महान पर्ब हरितालिका तीजको अवसर पारेर गायक अमित सापकोटाको नयाँ तीज गीत “गुलेली बन्दुक” सार्बजनिक गरिएको छ ।

उक्त “गुलेली बन्दुक” बोलको गीतमा अमित सापकोटा र टीका सानुको आवाज रहेको छ । गीतमा सुर्य खड्काको लय र अर्जुन सुवेदीको शब्द रहेको छ । पछिल्लो समय बजारमा आइरहेका गीतहरू मध्ये “गुलेली बन्दुक” बोलको गीत पृथक रहेको छ ।

भिडियोमा पछिल्लो समयका चर्चित टिकटक स्टार एवम डान्सर सुधीर श्रेष्ठ र गायिका टीका सानुको धमाकेदार नृत्य रहेको छ ।

शिव बि क को निर्देशन रहेको उक्त भिडियोलाई शम्भु चालिसेले छायांकन गर्नु भएको छ । सुजन शाहीले सम्पादन गर्नु भएको हो ।

उक्त भिडियो अमित सापकोटाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

(भिडियो सहित )

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्