काठमाडौँ, बुधबार, ७ साउन २०७७ । एप्पलका आधिकारीक वितरक जेनेरेशन नेक्स्ट कम्युनिकेशनले नेपालमा आइफोन एसई २०२० सार्वजनिक गरेको छ । कालो सेतो र रातो रङमा रहेको आइफोन एसई ६४ जीबी, १२८ जीबी र २५६ जीबीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
ग्राहकहरुलाई एप्पलको अशली उत्पादनहरु आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न सक्कली भ्याटबिल लिन कम्पनीको १ वर्षको वारेन्टीको लागि अनुरोध गरेको छ । वर्षौदेखी नेपाली बजारमा कम्पनीले आइफोन तथा एप्पलका उत्पादनहरु म्याकबुक्स, आइम्याक, तथा आइप्याडहरु बजारमा उपलब्ध गराउदै आएको छ ।
आइफोन एसई ६४ जीवीको मूल्य ७० हजार, १२८ जीवीको ७५ हजार र २५६ जीवीको ९६ हजार रुपैयाँ रहेको छ ।
आईफोनको असली सामान पहिचानको लागि सम्पूर्ण बक्सहरुमा जेनेरेशन नेक्स्टको होलोग्राम जांच गरी शुनिस्चित गर्न कम्पनिले ग्राहकलाई आग्रह गरेको छ । कम्पनीले आइफोन प्रेमीहरुमाझ झनै उत्साह थपिएको बताएको छ ।








































