- ADVERTISEMENT -

“नेतृत्व कमजोर हुँदा कांग्रेस कमजोर”

July 22, 2020
518
Shares
- ADVERTISEMENT -

काठमाडौं, बुधबार, ७ साउन २०७७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको नेतृत्व कमजोर हुँदा पार्टी कमजोर भएको बताएका छन् ।

बीपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी संघले विपी सङ्ग्रहालय सुन्दरीजलमा मंगलबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले कांग्रेसले सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्न नसक्दा कमजोर हुँदै गएको बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशन र भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन कांग्रेसको अहिलेको मुख्य आवश्यकता भएको बताए । “काँग्रेसका कुनै नेताको पछाडि नलाग्नुहोस्, विचार, सिद्धान्त र आदर्शको पछाडि लाग्नुहोस्”, कार्यकर्तासँग उनले भने । कार्यकर्ताले नेताको मुख्यांकन गर्न सक्नुपर्ने उनको भनाइ थियो ।

नेता पौडेलले बीपी कोइरालाले मुलुकमा सामन्तवादी युगको अन्त्य गरेर लोकतन्त्रका लागि लडेकाले कोइराला युगान्तकारी नेता भएको उल्लेख गरे । मुलुकको कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकासका लागि पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उहाँले काँग्रेसले विपीको आदर्श र सिद्धान्तलाई नभुलेको प्रस्ट पारे ।

कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सबै मिलेर कांग्रेसभित्रको विवाद अन्त्य गर्नुपर्ने बताए । पार्टीभित्रको समस्या समाधानका लागि नेतृत्वले सबैलाई मिलाएर अगाडि लैजानुपर्ने उनको भनाइ थियो । पूर्वपरराष्ट्रमन्त्री डा. महतले विदेशी ऋण स्वीकृत गर्ने सरकारले विदेशी सहयोग रकम लिन नमानेर गल्ती गरेको उल्लेख गरे ।

कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले बीपीको सपना कांग्रेसले मात्र पूरा गर्न सक्ने बताए । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले वर्तमान सरकारले जनताको अधिकार खोस्‍न खोजेको आरोप लगाए ।

उनले कांग्रेसभित्र बीपी कोइरालाको सिद्धान्त मंगलबार पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे । नेविसंघका महामन्त्री दीपक भट्टराईले नेविसंघ केन्द्रीय समितिलाई तत्काल पूर्णता दिन माग गरे । उनले बीपी कोइराला महान् राष्ट्रवादी नेता भएको उल्लेख गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -