गोरखा, मंगलबार, ६ साउन २०७७ । गोरखाको पालुङटारमा वृक्षरोपण गरिएको छ । काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा पालुङटार नगरपालिकामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपाली काङ्ग्रेस पालुङटार नगर इकाइ समिति र नेविसंघ, नगर इकाइ समितिको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम गरिएको पार्टीका नगर सचिव सरोज देवकोटाले जानकारी दिनुभयो ।

पालुङ्टार नगरपालिका ५ किशुनजी स्मृतिपार्कमा दुईसय ५० वटा विरुवा रोपिएको सचिव देवकोटाले जानकारी दिनुभयो । आँप, खयर, तेजपात, कपुर, एबोकार्डो, बकाइनु लगायतका विरुवा रोपिएको उहाँले बताउनु भयो । पार्टीका वडा नं. ५ का अध्यक्ष भरत बगालेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्