गोरखा, मंगलबार, ६ साउन २०७७ । गोरखाको तान्द्राङमा घाँस काट्न गएकी एक महिलालाई पहिरोले बगाउदा गंभिर घाईते भएकी छिन् ।

जिल्लाको भीमसेन थापा गाउँपालिका २ तान्द्राङ ५१ बर्षिया धनकुमारी बञ्जारालाई पहिरोले बगाउदा गंभिर घाईते भएकी हुन् ।

आज (मंगलबार) बिहान घाँस काट्न गएकी बञ्जरालाई घर नजिकै पर्ने कोया भन्ज्याङ भन्ने ठाँउमा बिहान ८ बजेपहिरो बगाएको उनका छोरा जीवन बञ्जाराले बताए । पहिरोले बगाएको प्रत्येक्ष देखेका छोराले आमालाई पहिरोबाट उद्वार गरेका लोकप्रसाद बञ्जाराले बताए ।

घाईते महिलाको घाँटीको एउटा हड्डी भाँचिएको र एकपट्टीको पाता फुस्किएको पनि उनले बताए । गंभिर घाईते महिलालाई जिल्ला सदरमुकामसम्म ल्याउन सक्ने अबस्था नभए पछि उनलाई घरमा नै स्वास्थ्यकर्मी डाकेर सामान्उ उपचार भई रहेको छ

फोटो लोकप्रसाद बञ्जाराको फेसबुक पेजबाट साभार

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्