- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

एनआरएन ईन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको साधारण शेयर निष्काशन तथा विक्रि खुल्ला

July 19, 2020
922
Shares
- ADVERTISEMENT -

काठमाडौँ, आइतबार, ४ साउन २०७७ । एनआरएन ईन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको साधारण शेयर निष्काशन तथा विक्रि खुल्ला गरेको छ ।

विश्वभरि छरिएर रहेका नेपालीहरुको लगानीलाई एकिकृत गरी नेपालको सर्वांगिक विकाशमा योगदान पुर्याउने उद्देश्यले बि.स.२०६९ सालमा एनआरएन ईन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट कम्पनी स्थापना भएको हो ।

- ADVERTISEMENT -

Advertisement

यस कम्पनीमा हाल ७९५ जना संस्थापक शेयरधनीहरु रहेका छन् । यस कम्पनीमा गैरआवासिय नेपाल संघका पूर्व अध्यक्षहरु डा. उपेन्द्र महतो, जीवा लामिछाने, डा. शेष घले, भवन भट्ट र वर्तमान अध्यक्ष कुमार पन्त लगायत अन्य गैर आवासीय नेपालीहरुको लगानी रहेको छ ।

कम्पनीले हालसम्म लगानी गरेका आयोजनाहरु लमजुङ्ग जिल्लाको दोर्दी खोला जलविद्युत आयोजना (२७ मे.वा.), सानिमा मिडिल तमोर हाईड्रोपावर आयोजना (७३ मे.वा.), तल्लो लिखु जलविद्युत आयोजना (२८.१ मे.वा.), माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना (१४.३ मे.वा.), दोर्दी खोला जलविद्युत आयोजना यसै वर्षभित्र सम्पन्न भै सञ्चालनमा आउने छ भने अन्य आयोजनाहरु २ वर्ष भित्र सम्पन्न हुने गरी निर्माणाधिन अवस्थामा रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

कम्पनीको अधिकृत पुँजी रु.५ अर्ब रहेको छ । हाल जारी पुँजी रु. १ अर्ब १३ करोड २६ लाख ८२ हजार १ सय मध्ये संस्थापक समूहको ७० प्रतिशत अर्थात् ७९ करोड २८ लाख ७७ हजार ५ सय रुपैया चुक्ता भइसकेको छ ।

सर्वसाधारण समूहमा बिक्रीका लागि राखिएको ३० प्रतिसत रकम अर्थात रु. ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको शेयर मिति २०७७ साल श्रावण १६ गतेदेखि श्रावण २१ गते सम्म सर्वसाधारणको बिक्रीका लागि खुला गरिनेछ ।

साथै, कम्पनीले अन्य पूर्वाधार विकासको क्षेत्रमा पनि लगानी गर्दै जाने लक्ष्य लिएको छ । हालसम्म कम्पनीको सञ्चालन मूनाफाबाट ७.३९ % बोनस शेयर लगानीकर्ताहरुलाई वितरण गरिएको छ । उचित प्रतिफल दिने अन्य परियोजनाहरु हाल अध्ययनका क्रममा रहेका छन् ।

गैर आवासीय नेपालीहरुले पनि लगानी गर्न सकिने अवसर पाउने छ । शेयर किन्न सकिने अवधी : 30th July 2020 to 5th August २०२० (अव ११ दिन पछि शेयर किन्न सकिनेछ )। शेयर किन्नका लागि Demat Account हुनु पर्ने छ ।

थप जानकारीका लागि :


सम्पर्क नम्वर : ९७७-०१-४४९४९२४, ४४९२९३९,
Email:
[email protected]
www.nrnil.com
भवदिय
महेश कुमार श्रेष्ठ
Director
NRNA Infrastructure and Development Ltd.

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com