- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

आज गठे मंगल पर्व , राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले मनाउदै

July 19, 2020
793
Shares
- ADVERTISEMENT -

काठमाडौँ, आइतबार, ४ साउन २०७७ । आज गठे मंगल पर्व , राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले आज देशभर यो पर्व मनाउने गर्दछन् ।

श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको छ । आजको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ ।

- ADVERTISEMENT -

Advertisement

त्यसअघि, नेवार समुदायमा टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तीनपटक परिक्रमा गराउने परम्परा रहेको छ । कतिपय स्थानमा भने विभिन्न ठाउँमा भएका गठेमंगल एकत्रित गरेर जलाउने चलन पनि रहेको छ ।

परापूर्वकालमा नास्तिक व्यक्तिले ‘भगवानको नाम सुन्न नपरोस’ भनी कानमा घन्टा झुन्ड्याएको र उसको आतंकले धेरैलाई अपठ्यारो परेकाले उसको आज दहन गरिएको कथन रहेको छ । ज्यापू समुदायमा धान रोप्ने बेला आमन्त्रण गरिएको शक्ति पन्छाउन यो पर्व मनाउने गरिन्छ ।

- ADVERTISEMENT -

Advertisement

उपत्यकामा विशेष गरी इन्द्रचोक, म्याँपीलगायतका स्थानमा गठा मंगल ठड्याउने गरिन्छ भने उपत्यका बाहिर ताप्लेजुङ, संखुवासभा सहित नेवार समुदायको बाक्लो बसोबास भएको स्थानमा विषेश महत्वका साथ यो पर्व मनाउने चलन रहेको छ । केही स्थानमा आजबाट सुरु भएको पर्व लाखेजात्र, रोपाई पर्व र गाईजात्रा मनाएर सम्पन्न हुने गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com