काठमाडौं, शुक्रबार, २ साउन २०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद मत्थर हुन सकेको छैन । जारी स्थायी कमिटीको बैठक स्थगित गरेर दुईजना अध्यक्षबीच लगातार छलफल हुँदै आएको भए पनि विवाद समाधान हुन सकेको छैन ।
आज पनि दुईजना अध्यक्षबीच छलफल भएको थियो । दुईजना अध्यक्षबीच भएको छलफलले भोलि शनिबार दिउँसो सचिवालय बैठक बोलाउले निर्णय भएको छ ।
भोलि सचिवालय बैठक बसेर पर्सी स्थायी कमिटीको बैठक बोलाउने तयारी छ । आज बोलाइएको स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छ ।








































