Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:४७ बिहान
- ADVERTISEMENT -

व्याज मिनाह र सहुलीयत ऋण दिन माग

प्रकाशित मिति: २०७७ असार ३०, मंगलबार

544
Shares

काठमाडौं, मंगलबार, ३० असार २०७७ । नेपाली कांग्रेसले साना तथा मझौला उद्योगी व्यवसायीहरूको समस्या समाधान हुने गरेर मौद्रिक नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह गरेको छ ।

नेपाली कांग्रेसका सह–महामन्त्री समेत रहेका कोरोना अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतसहितको टोलीले उद्योगी व्यवसायीहरूलाई सहयोग हुने गरेर मौद्रिक नीति ल्याउनुपर्ने बताएको हो । आज मंगलबार राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँगको भेटमा कांग्रेस नेताहरूले कोरोना भाइरसको महामारी र लकडाउनका कारण ठूलो समस्या भएको भन्दै सबैलाई हुने गरेर नीति ल्याउनुपर्ने जनाएका हुन् ।

सह–महामन्त्री डा.महतले कोरोनापछि उत्पन्न परिस्थिति गम्भीर रहेको बताए । उनले साना तथा मझौला व्यावसायीलाई सहज रुपमा चल्ने खालको मौद्रिक नीति ल्याउन सुझाव दिए ।

साना तथा मझौला उद्योगधन्दा चल्ने वातावरण भए/नभएको भनेर व्यावसायीले व्यवसाय सञ्चालन गर्न कठिन भएको गुनासो कांग्रेसको कोरानो अनुमगन समिति समक्ष गरेको डा.महतले बताए । व्यवसायीहरूको समस्यालाई कसरी समाधान गर्न सकिन्छ त्यतातिर ध्यान दिनलाई डा.महतले राष्ट्र बैंकका गर्भनर अधिकारीलाई आग्रह गरेका छन् ।

अहिले असाधारण परिस्थिति भएको र रोजगारी गुम्दै गएको भन्दै डा.महतले त्यो समस्यालाई समाधान गर्ने प्रमुख कर्तब्य राष्ट्र बैंक भएको बताए । उनले मौद्रिक नीतिमा यसबारे केही व्यवस्था गरेर मौद्रिक नीति सार्वजनिक गर्न आग्रह गरे ।

रोजगारी गुम्न नदिन उद्योग व्यावसायीहरूलाई बचाउनुपर्ने र उनीहरूलाई बचाउन ब्याज तथा सहुलीयत ऋणको व्यवस्था गर्न राष्ट्र बैंकले भूमिका खेल्नुपर्ने कांग्रेसका सह–महामन्त्री डा.महतले गभर्नर अधिकारीसँग आग्रह गरेका छन् ।

जवाफमा गभर्नर अधिकारीले कांग्रेसको सुझावलाई आफूले आत्मसात गरेको भन्दै मौद्रिक नीतिमा सुझाव र सल्लाहलाई विशेष स्थान दिइने आश्वासन दिएका छन् ।

गभर्नर अधिकारीसँगको भेटका लागि सह–महामन्त्री एवम् समितिका संयोजक डा.महतका साथै सदस्यहरू एनपी साउद, डा.चन्द्र भण्डारी, राजीवबिक्रम शाह, डा.प्रभु बुढाथोकी, डा.पोषराज पाण्डे, नैनसिंह महर राष्ट्र बैंकको कार्यालय बालुवाटार पुगेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -