- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भूमि फिर्ता ल्याउन गम्भीर कूटनीतिक पहल थालौं : कांग्रेस

July 14, 2020
473
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ३० असार २०७७ । नेपाली कांग्रेसले नक्साअनुसार लिम्पियाधुरा सहितका भूमिमा हक कायम गर्न भारतसँग गम्भीर कूटनीतिक पहल थाल्नुपर्ने बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको भन्दै ध्यान अयोध्यातर्फ मोडेकोमा असन्तुष्टि जनाउँदै कांग्रेसले नक्सामा समावेश भूमिमा हक कायम गर्न कूटनीतिक पहल गर्नुपर्ने बताएको हो ।

- ADVERTISEMENT -

Advertisement

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारी र कालापानीमा ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । ‘प्रधानमन्त्रीको तत्कालीन दुई कर्तव्य, कोरोना र कालापानी,’ मंगलबार ट्वीट गर्दै शर्माले भनेका छन्, ‘हृदयमा छँदैछन् राम´, चिन्ता राजु सदाहरूको गरौं ।अयोध्या´ तिर ध्यान नमोडौं, संसदबाट पारित नक्सामा हक कायम गर्न गम्भीर कूटनीतिक पहल थालौं !’

उनले प्रतिपक्षीले भूमि फिर्ताका लागि पहल गर्न सम्झाउने काम गरेको र बुझाउने जिम्मेवारी नेकपामा रहेको उल्लेख गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com